काठमाण्डाै – सत्ता गठबन्धनकाे बैठकमा प्रतिनिधि सभाको बैठक विना अवराेध सञ्चालन गर्ने तथा एमसीसी सम्झौता टेबल गर्नेबारेमा छलफल भएको र त्यो सकारात्मक रहेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभएकाे छ । आज बिहीवारकाे बैठक सकिएकाे र भाेलि शुक्रवार फेरि बस्ने जानकारी दिँदै उहाँले भन्नुभयाे, ‘सत्ता साझेदार दलबीचको छलफल जारी रहेकाले भोलि बिहान १० बजे हुने बैठकले निर्णय गर्ने गरी आजको बैठक समाप्त भएको छ ।’ बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा...