भुटानमा राजनीतिक बन्दी : एकजना रिहा‚ ३६ जना अझै जेलमा

काठमाडौं : भुटानमा ३७ जनालाई राजनीतिक बन्दी बनाइएको छ। ती ३७ जना बन्दीमध्ये एक जना मधुकर मोङ्गर रिहा भएका छन्। उनीअहिले नेपालको शरणार्थी शिविरमा बसेका छन्।अन्तरराष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले राजनीतिक बन्दी रिहा गर्न भुटान सरकारलाई आग्रह गरेपश्चात् मोङ्गर पहिलो बन्दी हुन् जो रिहा भए तर अझै बाँकी ३६ जना भने जेलमै छन्।‘एक जनाबाहेक अरू बन्दी रिहा भएको थाहा छैन,’ वाचले निकालेको विज्ञप्तिमा उल्लेख छ ‘मोङ्गर रिहा भएर शरणार्थी शिविरमा छन् तर उनका पर