ट्रम्पले भने – उत्तर कोरियासँगको वार्ता तोकिएकै समयमा हुन्छ

जेठ १९ – उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता जुन १२ मा हुने भएको छ । यसअघि अमेरिकाले उत्तर कोरियासँगको वार्ता रद्द गरेको जनाएको थियो । उत्तर कोरियाले कटुतापूर्ण सम्बन्ध देखाएको भन्दै अमेरिकाले वार्ता रद्द गरेको थियो । अमेरिका पुगेको उत्तर कोरियाको टोलीसँग अमेरिकी राष्टपति ड...