प्रशिक्षण दिन प्रचण्ड आज रुपन्देही आउँदै

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आज रुपन्देही आउँदै छन्। पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको लागि रुपन्देही आउने  नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले रातोपाटीलाई बताए ।भैरहवा विमानस्थल आएपछि बुटवलको एक होटेलमा प्रेस सेन्टरले  पत्रकार सम्मेलन गर्ने छ । त्यसपछि प्रचण्डको प्रशिक्षण चल्ने कार्यतालिका रहेको छ । यसअघि हिजो नै माओवादी नेता वर्षमान पुन,चक्रपाणि (बलदेव) खनाल लगायतका नेताहरू रुपन्देही आइसकेका छन् ।