न्यायाधीशत्रयमाथि अनुसन्धान गर्न न्याय परिषद्ले बनायो जाँचबुझ समिति

काठमाडौँ : न्याय परिषद्ले तीन न्यायाधीशविरुद्ध परेको उजुरीका सम्बन्धमा छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको छ।जिल्ला न्यायाधीशहरु अम्बिकाप्रसाद निरौला, डा. परशुराम भट्टराई र राजकुमार कोइरालाविरुद्ध न्याय परिषद् सचिवालयमा दर्ता भएका उजुरीका सम्बन्धमा छानबिन गर्न उक्त समिति बनाएको परिषद्का सचिव देवेन्द्र ढकालले जानकारी दिए।जाँचबुझ समितिमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठ विज्ञ सदस्य रहेका छन्