युक्रेनमाथि संघर्षपूर्ण जित निकाल्दै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको छ। वेल्सस्थित कार्डिफ सिटी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले युक्रेनलाई १-० गोलअन्तरले हराउँदै विश्वकपका लागि छनोट भएको हो।
वेल्सको जितमा युक्रेनका कप्तान एन्ड्री यारमोलेन्कोको आत्मघाती गोल निर्णायक रह्यो। खेलको ३४ औं मिनेटमा वेल्सका कप्तान ग्यारिथ बेलले प्रहार गरेको फ्रिकिक हेडिङमार्फत…