तस्बिरमा हेर्नुहोस् मुख्यमन्त्री शंकर पोखरेलको शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरी पद तथा गोपनीयताको सपथ गराएका हुन् । यस्तै पोखरेल सरकारमा आर्थिक तथा योजना मन्त्रीमा बैजनाथ चौधरी र  स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा  हरि रिजाल नियुक्त भएका छन् । शपथ ग्रहणका तस्बिरहरु हेर्नुहोस्ः  

सम्बन्धित सामग्री

लुम्बिनीमा गठबन्धन सरकार: बहुमतको कमजोर धरातलमा चुनौतीका चाङ

प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार दलको गठबन्धनबाट मुख्यमन्त्री बनेका केसीले बिहीबार अपराह्न ५ बजे नै प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएर पदभार समाले। शपथ ग्रहण समारोहमा प्रतिपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल उपस्थित भएनन्।

मुख्यमन्त्री फेरि अल्पमतमा

एकल दलको संवैधानिक व्यवस्थाअनुसार शपथ लिएर दुईदलीय सरकारको नेतृत्व गर्दै आएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पुनः अल्पमतमा परेका छन्  । शुक्रबार जसपाका चार मन्त्रीमध्येकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएपछि एकल र दुई दल दुवैबाट उनी दोस्रोपटक अल्पमतमा परेका हुन्  ।

आज प्रदेश ५ का मुख्यमन्त्रीकाे शपथ, दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार हुने

बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल बिहीबार पद तथा गोपनियताको शपथ गर्दैछन्। मुख्यमन्त्री पोखरेललाई दिउँसो ३ बजे प्रदेश प्रमुखको निजी सचिवालयको हातामा प्रदेश प्रमुख उमाकान्त झाले सपथ गराउने कार्यक्रम रहेको छ। शपथका लागि नेपाली सेनाले मञ्च व्यवस्थापन गरिसकेको छ। पोखरेलसँगै नेकपा एमाले र माओवादी केन्द्रका एक एक जना...