जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशिक अनिल कुमार झालाई विप्लव नेतृत्वको नेकपाका विद्यार्थी संगठनले कालोमोसो दलेको छ । पाठ्यपुस्तकको कृतिम अभाव गराएको तथा भ्रष्टाचार गरेको आरोप लगाउँदै विप्लवका विद्यार्थीहरुले शुक्रबार कालोमोसो दलेका हुन् । संगठनका महासचिव ललित बिश्वकर्माले विभिन्न ६ बुँदे आरोपसहित कालोमोसो दलिएको बताए । उनका अनुसार देशैभरि सरकारी विद्यालयहरुमा पाठयपुस्तकको चरम कृतिम अभाव गराउने काम जनकशिक्षाकै अधिकारीबाट भएको छ । राजधानीमै पाठयपुस्तकको चरम अभाव गराएको, चरम भ्र