सर्वोच्च अदालतले ओली सरकारलाई सिस्नुपानी लाएकै हो : सांसद रायमाझी

राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले सर्वोच्च अदालतले पूर्ववर्ती सरकारलाई ‘सिस्नुपानी लगाएको’ प्रस्ट पारेका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा उनले संविधानको खिलाप हुने गरी पटक पटक संसद विघटन गरेपछि सर्वोच्च अदालतले सिस्नुपानी लाउनु परेको बताए ।उनले सर्वोच्च अदालतले प्रतिनिधिसभाका १४६ सांसदको माग बमोजिम नै परमादेश जारी गरेको दावी गरे । त्यो परमादेश संविधानमै टेकेर भएको उनको भनाइ थियो । अदालतप्रति विश्वास थिएन भने मुद्दामा भाग लिन्न भनेर किन नभनेको भन्दै उनले प्रतिपक्षसँग प्रश्