वेस्टइन्डिजमा सम्पन्न भएको यु-१९ विश्वकप क्रिकेटमा इंग्ल्यान्डलाई पराजित गर्दै भारत पाँचौ पटक विश्व च्याम्पियन बनेको छ। शनिबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई चार विकेटले पराजित गर्दै भारत विश्व च्याम्पियन बनेको हो। टस जितेर पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले भारतलाई जितका लागि १९० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य भारतले ४७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्दै विश्व च्याम्पियन बन्यो।खराब सुरुवात गरेको इंग्ल्यान्डका लागि जेम्स रिउले सर्वाधिक ९५ रन जोड्दा जेम्स सेल्स ३४ रनमा