काउली, बन्दा, फर्सी, काँक्रोलगायत मौसमअनुसारका तरकारी लगाउने भक्तपुर सिपाडोलस्थित विविचा गाउँका दशराम र सरिता ख्याजु दम्पतीले कुरिलो खेती पनि गर्छन् । यो दम्पतीले २ रोपनी जग्गाबाट कुरिलो खेती गर्न थालेको पनि २ दशकभन्दा बढी भइसकेको छ । पहिले प्रतिकिलो ६० देखि ३ सय रुपैयाँमा बेच्दै आएको कुरिलोको मूल्य अहिले खेतमै प्रतिकिलो २ सय ५० देखि १२ सय रुपैयाँसम्म पर्छ ।