नेम्बाङलाई ‘एन्फा अध्यक्ष पद’ निल्नु न ओकल्नु !

काठमाडौं : संभवतः पहिलो बैठकबाटै घेराबन्दीमा पर्छु र कार्यसमिति बैठक नै बसाउन नसक्ने अवस्था सिर्जना हुन्छ भन्ने थाहा पाएको भए पंकजविक्रम नेम्बाङले पहिले नै यसको कुनै विकल्प खोज्थे होला। हुन पनि ६ असारमा अध्यक्ष पदमा विजयी हुँदाको मुस्कान उनको अनुहारबाट हराएको पहिलो कार्यसमिति बैठकबाटै हो।त्यसयता उनको तनाव यस्तरी बढेको छ कि उनको स्वास्थ्य अवस्थाकै कारण २ साउनका लागि तय भएको बैठक स्थगित गर्नु परेको थियो। उच्च रक्तचापका कारण अस्पतालमा नै भर्ना भएका नेम्बाङको स्वास्थ्यमा त केही स