जिल्ला अधिवेशन सम्पन्न भएको झन्डै तीन सातापछि नेकपा एमाले मकवानपुरका नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।२३-२४ पुसमा एमाले मकवानपुरको ११औँ जिल्ला अधिवेशनले एकलाल श्रेष्ठको नेतृत्वमा एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको थियो । तर, तत्कालीन जिल्ला आयोजक कमिटीका अध्यक्ष बद्रीप्रसाद लम्सालले सहमतिबिना कमिटी घोषणा गरेको भन्दै असहमति जनाएपछि लामो समयसम्म पद तथा गोपनीयताको शपथ हुन सकेको थिएन । लम्सालले अध्यक्षको उम्मेदवारी फिर्ता लिएसँगै शपथ भएको हो ।