बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारवाही

बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरस्थित अल फाइन सर्जिकल सप्लायर्सलाई आइतबार कारवाही गरेको हो ।बजार अनुगमनका क्रममा खरीद गरेको मूल्यको तुलनामा दोब्बर मूल्यमा मास्क बिक्री गरेको पाइएपछि कारवाहीस्वरूप दुई लाख रूपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी […]