जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या भएको एक दिनपछि उनको शव राजधानी टोकियो लगिएको छ । मिडियाका अनुसार आबेको हत्यापछि पूरै जापान स्तब्ध भएको छ, जहाँ यस्ता हिंसात्मक घटना विरलै हुने गरेको छ ।यसैबीच नेताहरूले आइतबार हुने जापानी संसदीय निर्वाचनको प्रचारप्रसारलाई निरन्तरता दिने निर्णय गरेका छन् । शिन्जो आबेलाई शुक्रबार गोली प्रहार हुँदा उनले सोही चुनावको प्रचारप्रसारका लागि जनतालाई सम्बोधन गरिरहेका थिए । प्रहरीका अनुसार घटनास्थलबाट पक्राउ परेका ४१ वर्षीय व्यक्तिले घरेलु बन्दुक प्र