उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशमा कोभिड रोकथामका लागि कठोर नियम कार्यान्वयन नगराएका विभिन्न वरिष्ठ अधिकारीहरूलाई बर्खास्त गरेका छन् ।
अधिकारीहरूले कर्तव्य पालन नगर्दाको परिणाम गम्भीर हुने किमको भनाइ छ ।
कतिजना अधिकारीलाई बर्खास्त गरिएको हो भन्ने स्पष्ट भएको छैन । तर कोरोना ठूलो संकटका रूपमा आएको किमको भनाइ छ ।
वर्कर्स पार्टीका वरिष्ठ अधिकारीहरूलाई हटाइएको त्यहाँको सरकारी समाचार संस्था केसीएनएले संकेत दिएको छ ।
उत्तर कोरियामा कोभिड फैलिएमा गम्भीर परिणाम देखिनेछ ।...