विदेशी नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध

कोरोना भाइरस (कोभिड-१९)को संक्रमण विश्वभर तीव्र रुपमा फैलिरहँदा चीनले विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ। बिहीवार विज्ञप्ति जारी गर्दै चीनकोे अध्यगमन प्रशासनले चीन प्रवेशमा अस्थाई प्रतिबन्ध लगाइएको बताएको छ। सो प्रतिबन्ध कुटनीतिक, सेवा, शिष्टाचार अथवा सी भिसावाहकको हकमा भने लागू नहुने बताइएको छ। अत्यावश्यक आर्थिक, व्यापारीक, वैज्ञानिक