चियापानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायतका शीर्ष नेताहरू उपस्थित भएका थिए। चियापानमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रिपरिषदका कुनै सदस्य पनि सहभागी भएका थिएनन्। मधेस केन्द्रीत दलका नेताहरु पनि चियापानमा सहभागी भएका थिएनन्।