नेपाल चलचित्र कलाकार संघले सिभिल सेभिङ क्रेडिट सहकारी संस्थाबाट पीडित कलाकारहरुलाई न्याय दिलाउन र दोषीमाथि कारवाही गर्न सरकासँग माग गरेको छ । सोमबार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले एक विज्ञप्ति जारी गरी उक्त माग गरेका हुन् ।चलचित्रकर्मी वसुन्धरा भुसाल, नेपालको पहिलो रंगिन चलचित्र कुमारीकी नायिका चैत्यदेवी सिंह, अभिनेत्री अञ्जु कारंञ्जीत लगायत सयौं नागरिक उक्त सहकारीबाट पीडित भएको बताउँदै प्रवक्ता निरौलाले उक्त कार्यप्रति संस्थाको ध्यान आकृष्ट भएको जनाएका छन् ।सोही सहकारी संस्थामा भुवन