अटिजमबारे जनचेतना बढाउन टुँडिखेलमा १९७४ एडीको कन्सर्ट

काठमाडौँ- रक ब्याण्ड १९७४ एडीले आज काठमाडौँको टुँडिखेलमा साङ्गीतिक प्रस्तुती दिएको छ । अटिजमबारे जनचेतना बढाउने उद्देश्यले १९७४ एडीले कन्सर्ट गरेको हो । अष्ट्रेलियन दूतावासको सहयोग एवम् काठमाडौँ महानगरपालिका, अटिजम केयर नेपाल सोसाईटी र १९७४ एडीको सहकार्यमा कन्सर्टको आयोजना गरिएको हो ।