रुकुम - रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले पाका किसानलाई मासिक रुपमा पेन्सन दिने भएको छ ।
गाउँपालिकाको गाउँ सभा तथा गाउँ कार्यपालिकाको निर्णय अनुसार पाका किसानलाई प्रति महिना ५ सय रुपैयाँ पेन्सन दिने निर्णय अनुसार कार्यक्रम कार्यान्वय हुन लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कार्यविधि बनाएर पेन्सन कार्यक्रमकाे सुरुवात गर्न लागेको हो ।
चालु आर्थिक वर्ष ०७८/०७९ को साउन १ गतेदेखि लागू हुनेगरी किसानलाई हरेक महिना पेन्सन दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीले बताउनुभयो। ग...