रुकुमपूर्व : हिउँमा फसेका १४ मजदुरलाई उद्धार गर्न गृहले पठायो हेलिकोप्टर

रुकुम (पूर्व) : ७ दिनदेखि हिउँमा फसेका रुकुमपूर्वका १४ मजदुरलाई उद्धारका लागि हेलिकोप्टर पठाइएको छ। जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–२ स्थित उपल्लो घुसदुङमा एक सातादेखि १० पुरुष, ४ महिला गरी १४ जना मजदुर हिउँमा फसेका छन्।हिउँमा फसेका छन् भन्ने खबर आइतबार मात्र थाहा भएको थियो। उनीहरूको उद्धारका लागि सोमबार (आज) दिउँसो जिल्ला प्रशासन कार्यालयको पहलमा गृह मन्त्रालयमार्फत उद्धारका लागि हेलिकोप्टर आइसकेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए।आइतबार मात्र खबर पाएपछि उद्धा