आफैँले उद्घाटन गरेको ‘हात्ती वनभोज’ लाई प्रदेशमन्त्रीले रकम दिन्नँ भनेपछि...

काठमाडौं:  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्रीले उद्घाटन गरेको हात्ती वनभोज विवादमा परेको छ। प्रदेश सरकारको आर्थिक सहयोगमा गरिएको भनिएको हात्ती वनभोज विवादमा परेपछि मन्त्री दीपेन्द्र श्रेष्ठले रकम भुक्तानी नगर्न निर्देशन दिएका छन्।यही असार १६ गते ‘पर्यटन प्रवर्धन तथा वन्यजन्तु वासस्थान व्यवस्थापन समिति’ नामक  संस्थाले चितवनका सौराहामा हात्ती वनभोज कार्यक्रम आयोजना गरेको थियो। प्रदेश सरकारको आर्थिक सहयोग तथा चितवन निकुञ्जको सहकार्यमा गरिएको भनिएको