जेठ ९, काठमाडौं । स्थानीय बजारमा सोमवार सुनको मूल्य स्थिर भएको छ । अघिल्लो दिन ७०० रुपैयाँले बढेको सुनको मूल्य यो दिन भने स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन अर्थात् आइतवार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो । यस्तै, यो दिन चाँदीको मूल्या पनि स्थिर रहेको छ । यो दिन चाँदी प्रतितोला १ हजार २७० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोहि मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, अन्तरराष्ट्रिय बजारमा भने सोमवार सुनको मूल्य बढेको छ । यो दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८५४।२६ डलर पुगेको छ ।
त्यसैगरी, सोमवार अमेरिकी डलरको मूल्य पनि स्थिर रहेको छ । यो दिन एक अमेरिकी डलरको विक्रीदर १२४ दशमलव ३८ रुपैयाँ रहेको छ । अघिल्लो दिन एक अमेरिकी डलरको मूल्य १२४ दशमलव ३८ रुपैयाँ रहेको थियो ।