साउदीद्वारा डाटा सेन्टर स्थापनार्थ १८ मिलियनको योजना सार्वजनिक

एजेन्सी। खाडी मुलुक साउदी अरेबियाले देशमा ठूला डाटा सेन्टर स्थापना गर्नका लागि १८ मिलियनको योजना सार्वजनिक गरेको छ। सरकारले देशलाई खाडी क्षेत्रको डाटा सेन्टर हबका रुपमा विकाश गर्ने बताउँदै यसका लागि निजी, स्थानीय तथा बाह्य क्षेत्रका लगानीकर्ताहरुसँग सहकार्य गर्ने बताए। साउदीमा आगामी ५ वर्षमा ३६० मेगावाटसम्मको डाटासेन्टर आवश्यक पर्ने देखिन्छ। हाल यहाँ ६० मेगावाट मात्रै रहेको छ।