नाटकघरकाे झाडी पन्छाउँदै फुलेकाे ‘शिरीषकाे फूल’

काठमाडौं : पछ्यौरा ओडेर बिहानको ब्रस गरिरहेकी सकम्बरी भुइँमा खसेका शिरीषका फूल जतनले उठाउँदै एउटा टोकरीमा हाल्दै थिइन्। सकम्बरीको ‘शिरीषको फूल’प्रतिको प्रेम म बुझ्न सक्थेँ।टोकरीमा फूल हालिसकेर उनी के गर्लिन्? त्यहीँ शिरीषको रुखमा अढेस लगाएर एउटा चुरोट पिएर अन्य काम गर्लिन्? पढिरहेको पुस्तक फेरि पल्टाउलिन्? कि केही लेख्लिन्? यसो हेर्दा उनले मुख धुन पनि बाँकीजस्तो देखिन्थ्यो। म छिट्टै होसमा आएँ, त्यो फूल कागजको थियो। कतै काटेर‚ कतै जोडेर सिलिङ छुने गरी मिलाएर राखिएको एउटा रू