काठमाण्डाै - रुसले सैन्य कारबाही थालेसँगै युक्रेनमा रहेका नेपालीमा त्रास बढेको छ । युक्रेनको राजधानीमा विस्फोट हुन थालेसँगै त्रास बढेको हो ।
परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई आवश्यक पर्दा बर्लिन वा मस्कोमा रहेका नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।
बर्लिनमा रहेको नेपाली राजदूतावासका तृतीय सचिव सहारा चौलागाईँलाई र मस्कोमा रहेका कार्यवाहक राजदूत सुशील घिमिरेलाई सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको हो ।
हिजो विज्ञप्ति निकाल्दै परराष्ट्र मन्त्रालयले अति आवश्यक कामबाहेक युक्...