प्रदेश २ को नाम र राजधानी तोक्न प्रदेशसभाले दोस्रोपटक प्रक्रिया बढाएको छ । प्रदेशसभा सचिवालयले बिहीबार प्रदेशको नाम र राजधानीका लागि प्रस्ताव दर्ताका लागि सूचना निकालेको हो । सचिवालयले वैशाख २ देखि ९ गते ३ बजेसम्म प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव दर्ताका लागि समय तोकेको छ ।