राष्ट्र बैंकले भन्यो : भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फन्डको कारोबार नगर्नू

नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फन्डको कारोबार गैरकानुनी रहेको बताएको छ ।

सम्बन्धित सामग्री

क्रिप्टोकरेन्सी तथा डिजिटल नेटवर्क बिजनेशमा संलग्न हुनेलाई के हुन्छ कारवाही ?

नेपाल प्रहरीले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी तथा डिजिटल नेटवर्क बिजनेशमा संलग्न नहुन आग्रह गरेको छ । प्रहरीको केन्द्रिय स्नुसंधन ब्युरोले त्यस्ता  गैर कानूनी कृयाकलापमा नहुन र त्यस्ता गैर कानूनी कृयाकलापमा संलगन  व्यक्ति वा संस्थाका बारेमा कुनै जानकारी भए  सूचना उपलब्ध गराई सहयोग गरि दिन अनुरोध गरेको हो।ब्युरोले नेपाल राष्ट्र बैंक ऐन,२०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपाल राष्ट्र बैंकवाट २०७४/०४/२९, २०७८/०५/२४ र २०७८/१०/०९ मा Virtual Currency/Cryptocurrency अन्तर्गतको कारोवार व्यवसाय तथा Digital Networking Business गैर कानूनी रहेको सम्बन्धी जारी भएको सूचना स्मरण गराएको छ ।ब्युरोले भनेको छ 'सो सम्बन्धमा, क्रिप्टोकरेन्सी, हाईपरफण्ड तथा डिजिटल नेटवर्किङ लगायतको कारोवार नेपालमा प्रतिबन्धित भई यस कार्यालयवाट समेत निग्रानी भईरहेको र विगतमा संलग्न व्यक्तिहरु उपर अनुसन्धान गरी कानून बमोजिम कारवाही समेत भईसकेको हुँदा उक्त व्यवसायहरु संचालन तथा कारोवार नगर्न नगराउन हुन एवं यससँग सम्बन्धित कुनैपनि कृयाकलापमा संलग्न भए गरेको पाईए कडाईका साथ कानूनी कारवाहीको प्रकृया अगाडी बढने व्यहोरा समेत सबैमा सूचित गरिएको छ।'के हुन्छ कारवाही ?विद्यमान कानूनी व्यवस्था (नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६, दण्ड सजाय): कसूर गर्ने व्यक्तिलाई उक्त कसूरसंग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय र बिगो कायम गर्न नसकिने अवस्थामा कसूरको मात्रा हेरी बढीमा दश लाख रुपैयासम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।यो पनि : राष्ट्र बैंकले आवद्द नहुन आग्रह गरेको क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ के हो, किन छ जोखिम ?

क्रिप्टोकरेन्सी तथा हाइपर फण्ड अवैध हुन्, कारोबार नगर्नू: राष्ट्र बैंक

नेपालमा क्रिप्टोकरेन्सी, हाइपर फण्ड, भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ अवैध भएकोले कारोबार नगर्न नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेको छ ।  नेपालमा यसको अवैध कारोबार हुने गरेको र सर्वसाधारण ठगिने गुनासो आउन थालेपछि राष्ट्र बैंकले आइतवार एक सूचना जारी गर्र्दै यस्तो कारोबार नगर्न आग्रह गरेको छ । कसैले यस्तो सूचनाको बेवास्ता गरी अवैध कारोबार गरेको पाइएमा कानून बमोजिम कारवाही हुने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।  छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीसहितको ...