चीनमा नेपाली हस्तकला सामग्री प्रवद्र्धन गर्न आग्रह

 नेपाल हस्तकला महासंघले छिमेकी मित्रराष्ट्र चीनमा नेपाल हस्तकला सामग्री प्रवद्र्धन गर्न आग्रह गरेको छ ।महासंघले आज जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई भेटेर नेपाली परम्परागत हस्तकलालाई चीनमा प्रवद्र्धन गर्न आग्रह गरेको हो । भेटमा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले चीनमा रहेको नेपाली राजदूतावासमा नेपाली परम्परागत हस्तकला झल्किने वस्तुको प्रदर्शनी कक्ष राख्नुपर्ने बताए ।उनले नियमितरूपमा भन्सार नाका नखुल्दा नेपाली हस्तकला निर्यातमा समस्या भएको भन्दै भन्सार न