कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले रासायनिक मलको समस्या सधैँका लागि समाधान गर्न खरिद प्रक्रिया छोटो गर्न निर्देशन दिनुभएको छ । कृषिमन्त्री साहले आइतबार पत्रकार सम्मेलनमार्फत मन्त्रालयका अधिकारीलाई सो निर्देशन दिनुभएको हो । रासायिनक मल खरिद प्रक्रिया लामो भएकाले यसको समस्या समाधान नभएको भन्दै उहाँले यसको प्रक्रिया कसरी छोटो गर्न मिल्छ गर्नुहोला भन्दै निर्देशन दिनुभयो ।
बर्सेनि हुने रासायनिक मलको समस्या समाधान गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कार्ययोजना बनाएको छ ।
कृषि मन्त्रालयका प्रवक्ता कुमार सञ्जेलका अनुसार कृषि मन्त्रालयले तयार पारेको ११ बुँदे सो कार्ययोजना प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरिसक्नुभएको छ । त्यसलाई स्वीकृत गर्दै प्रधानमन्त्री देउवाले किसानलाई सहज रूपमा मल उपलब्ध गराउन निर्देशन दिनुभएको उहाँले बताउनुभयो ।
११ चैत, काठमाडौं । रासायनिक मलको अभाव हटाउन सरकारले थालेको भारतसँगको जीटूजी (सरकार-सरकार) प्रक्रिया अलमलमा परेको छ । झण्डै १० महिना अघि नेपालले मल खरिदका लागि पठाएको प्रस्तावमा ठोस प्रगति नभएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । गत जेठमा अघि बढेको जीटूजीको छलफल समझदारीको मस्यौदा संशोधनमा पुगे पनि त्यसपछि खासै प्रगति नहुँदा अन्यौल […]