नेपालमा मनसुन प्रवेश गर्दै, यस वर्ष सरदरभन्दा बढी वर्षा हुने

नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुई÷चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको मेची अञ्चल आसपास क्षेत्रबाट मनसुन सुरु हुनेछ । उनले  भने, “अहिले प्रि मनसुन र मनसुनको सुरुआती चरणको ट्रान्जिक्सन फेजमा रहेको छ, अबको दुई÷चार दिनभित्रै नेपालमा मनसुन भित्रिनेछ ।” नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्दछ । देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्दछ ।यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागबाहेक अन्य क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । ती क्षेत्रहरुमा बढी वर्षा हुने सम्भावना (३४ देखि ६५ प्रतिशत) रहेको छ । विभागबाट प्राप्त विवरणअनुसार प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागमा भने सरदर वर्षा हुने आकलन छ । त्यसको सम्भावना (३५ देखि ४५ प्रतिशत) अनुमान गरिएको छ । आगामी जेठ १८ देखि असोज १४ सम्म चार महिनाको मनसुन अवधिको समयलाई ध्यानमा राखेर विभागले उक्त आकलन सार्वजनिक गरेको हो । विभागका मेट्रोलोजिष्ट सुदर्शन हुमागाईंका अनुसार प्रदेश १ का तराईका भूभाग, बागमती प्रदेशका उत्तर–पूर्व, गण्डकी प्रदेशका दक्षिण भूभाग, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका उत्तर–पश्चिम र सुदुरपश्चिमका उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन छ ।सुदुरपश्चिमको पूर्वी भूभाग कर्णाली प्रदेशका मध्य, गण्डकी प्रदेशका मध्यपश्चिम, प्रदेश १ को मध्य भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना (४५ देखि ५५ प्रतिशत) रहेको छ । यस्तै गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदुरपश्चिम प्रदेशका मध्य तथा पश्चिम भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना (३५ देखि ५५ प्रतिशत) रहेको छ ।यस्तै देशको उत्तरी भूभाग र मधेश प्रदेशका धेरै भूभागमा अधिकतम तापक्रम सरदर हुने (३४ देखि ५५ प्रतिशत) देखिए पनि मुलुकको उत्तरी भूभागमा न्युनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना (३५ देखि ५५ प्रतिशत) हुने आकलन गरिएको छ ।

सम्बन्धित सामग्री

यस वर्षको मनसुन नेपाल प्रवेश गर्यो, कहाँ कहाँ हुन्छ बढी वर्षा ?

यस वर्षको मनसुन प्रणाली आज मिति २०७९/०२/२२ का दिन नेपालको प्रदेश १ मा आगमन भएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । तर यस वर्ष छिटो नेपालमा मनसुन प्रवेश गरेको हो ।  जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको मनसुन सरदर मिति भन्दा अगाडी नै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको हो। नेपालको अन्य भू-भागमा भने केही दिन पछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ । यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने महाशाखाले जनाएको छ ।  यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागबाहेक अन्य क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । ती क्षेत्रहरुमा बढी वर्षा हुने सम्भावना (३४ देखि ६५ प्रतिशत) रहेको छ । विभागबाट प्राप्त विवरणअनुसार प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागमा भने सरदर वर्षा हुने आकलन छ । त्यसको सम्भावना (३५ देखि ४५ प्रतिशत) अनुमान गरिएको छ । आगामी जेठ १८ देखि असोज १४ सम्म चार महिनाको मनसुन अवधिको समयलाई ध्यानमा राखेर विभागले उक्त आकलन सार्वजनिक गरेको हो । विभागका मेट्रोलोजिष्ट सुदर्शन हुमागाईंका अनुसार प्रदेश १ का तराईका भूभाग, बागमती प्रदेशका उत्तर–पूर्व, गण्डकी प्रदेशका दक्षिण भूभाग, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका उत्तर–पश्चिम र सुदुरपश्चिमका उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन छ ।सुदुरपश्चिमको पूर्वी भूभाग कर्णाली प्रदेशका मध्य, गण्डकी प्रदेशका मध्यपश्चिम, प्रदेश १ को मध्य भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना (४५ देखि ५५ प्रतिशत) रहेको छ । यस्तै गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदुरपश्चिम प्रदेशका मध्य तथा पश्चिम भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना (३५ देखि ५५ प्रतिशत) रहेको छ ।यस्तै देशको उत्तरी भूभाग र मधेश प्रदेशका धेरै भूभागमा अधिकतम तापक्रम सरदर हुने (३४ देखि ५५ प्रतिशत) देखिए पनि मुलुकको उत्तरी भूभागमा न्युनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना (३५ देखि ५५ प्रतिशत) हुने आकलन गरिएको छ ।

भारत प्रवेश गर्यो मनसुन, नेपालमा कहिले आईपुग्छ ?

यस वर्षको मनसुन भारत आईपुगेको छ  । भारतीय मौसम विभागले मनसुन भारतको केरला राज्यबाट भारत भित्रिएको घोषणा गरेको हो । भारतीय मौसम विभागका अनुसार अनुमान गरिएभन्दा ३ दिन अगाडी मनसुन भारत आईपुगेको हो ।भारतीय मौसम विभागले तयार पारेको मौसमी मोडल अनुसार जेठ २७ गते आसपास नेपालमा मनुसुन भित्रिने छ । नेपालमा मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभागले घोषणा गर्दछ । गत वर्ष जेठ २८ मा मनसुन प्रवेश गरेको थियो । यस वर्ष केहि दिन अगाडी नै मनसुन नेपाल प्रवेश गर्ने अनुमान छ  ।यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागबाहेक अन्य क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । ती क्षेत्रहरुमा बढी वर्षा हुने सम्भावना (३४ देखि ६५ प्रतिशत) रहेको छ । विभागबाट प्राप्त विवरणअनुसार प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागमा भने सरदर वर्षा हुने आकलन छ । त्यसको सम्भावना (३५ देखि ४५ प्रतिशत) अनुमान गरिएको छ । आगामी जेठ १८ देखि असोज १४ सम्म चार महिनाको मनसुन अवधिको समयलाई ध्यानमा राखेर विभागले उक्त आकलन सार्वजनिक गरेको हो । विभागका मेट्रोलोजिष्ट सुदर्शन हुमागाईंका अनुसार प्रदेश १ का तराईका भूभाग, बागमती प्रदेशका उत्तर–पूर्व, गण्डकी प्रदेशका दक्षिण भूभाग, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका उत्तर–पश्चिम र सुदुरपश्चिमका उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन छ ।सुदुरपश्चिमको पूर्वी भूभाग कर्णाली प्रदेशका मध्य, गण्डकी प्रदेशका मध्यपश्चिम, प्रदेश १ को मध्य भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना (४५ देखि ५५ प्रतिशत) रहेको छ । यस्तै गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदुरपश्चिम प्रदेशका मध्य तथा पश्चिम भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना (३५ देखि ५५ प्रतिशत) रहेको छ ।यस्तै देशको उत्तरी भूभाग र मधेश प्रदेशका धेरै भूभागमा अधिकतम तापक्रम सरदर हुने (३४ देखि ५५ प्रतिशत) देखिए पनि मुलुकको उत्तरी भूभागमा न्युनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना (३५ देखि ५५ प्रतिशत) हुने आकलन गरिएको छ ।

नेपालबाट मनसुन बाहिरियो, दशैँमा मौसम सफा हुने

नेपालबाट मनुसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले आज असोज २५ गतेबाट देशको समग्र भू-भाग वाट मनसुन वाहिरिएको जनाएको हो।गत शुक्रबार यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भु-भागबाट बहिर्गमन भएको थियो  । आज सोमबारबाट भने देशबाट नै मनसुन बाहिरिएको हो  । मनसुन बाहिरिन लागेसंगै दशैँमा मौसम सफा हुने भएको छ । नेपालमा मनसुनको बहिर्गमन(Monsoon Withdrawal) को औसत मिति अक्टोबर २ भएता पनि यस वर्षको मनसुन औसत मिति भन्दा केही पछाडी सरेको छ। विभागका अनुसार यस वर्ष औसत मिति भन्दा ९ दिन ढिलो गरी नेपालबाट मनसुन बहिर्गमन भएको छ। यस वर्ष औसत भन्दा बढी वर्षा समेत भएको थियो । नेपालमा यस वर्ष जेठ २८ मा मनसुन प्रवेश गरेको थियो ।

नेपालबाट मनुसुन बाहिरिन सुरु, दशैँमा मौसम सफा हुने

नेपालबाट मनुसुन बाहिरिने क्रम सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले मनसुन बहिर्गमनको क्रम सुरु भएको बताएको हो । विभागका अनुसार आज शुक्रबार यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भु-भागबाट बहिर्गमन भएको छ  । आगामी केही दिनमा देशका बाँकी भू-भागहरुबाट मनसुन बहिर्गमन हुने अनुमान गरिएको विभागले जनाएको छ। मनसुन बाहिरिन लागेसंगै दशैँमा मौसम सफा हुने भएको छ । नेपालमा मनसुनको बहिर्गमन(Monsoon Withdrawal) को औसत मिति अक्टोबर २ भएता पनि यस वर्षको मनसुन औसत मिति भन्दा केही पछाडी सरेको छ। यस वर्ष औसत भन्दा बढी वर्षा समेत भएको थियो । मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेकोले थप जानकारी पछि अद्यावधिक गरिने जनाएको छ। नेपालमा यस वर्ष जेठ २८ मा मनसुन प्रवेश गरेको थियो ।

बाढीबाट सबैभन्दा बढी प्रभावित हुने गरेको प्रदेश २ मा के छ पूर्व तयारी?

जनकपुरधाम : नेपालमा मनसुन प्रवेश गरेको साता दिन बित्नै लागेको छ। पछिल्लो केही दिन यता देशै भरी भइरहेको लगातारको वर्षाका कारण आएको बाढीले कयौँ स्थानमा ताण्डव मच्चाई रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष औषतभन्दा बढी वर्षा हुने बताएको छ। जसबाट १८ लाखभन्दा बढी प्रभावित हुने जनाइएको…

दुई दिनमै देशभर मनसुन फैलिने

यस वर्षको मनसुनी चक्र शुक्रबारबाट नेपाल प्रवेश भएसँगै दुईदिन भित्रैै देशभर फैलिने जल तथा मौषम विज्ञान विभागले जनाएको छ । विभागका प्रवक्ता सुमनकुमार रेग्मीले विज्ञप्ती जारी गर्दै यसवर्ष सरदरभन्दा बढी वर्षा हुने भएकाले साना तथा सहायक नदीहरुमा आकस्मिक बाढीको सम्भावना बढी भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ । अघिल्लो वर्ष जेठ ३० गते भिति्रएको मनसुनी चक्र यसवर्ष भने दुई दिन चाँडो र औसत समयअनुसार दुई दिन ढिलो गरी पुर्वनेपालबाट भिति्रएको छ । २०७७ असोज ३० गते वाहिरिएको मनसुनी चक्र करिव आठ महिनाको अन्तरमा मनसुन भिति्रएको विभागले जनाएको छ । नेपालमा सामान्यतया मनसुन १० जुनमा भिति्रने र सेक्टेम्वर २३ मा वाहिरीने औसत समय मानिन्छ । नेपालमा जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दकि्षण एसियाली मनसुनको अवधि मानिन्छ । प्रदेश १, २ र वागमती प्रदेशबाट भिति्रएको मनसुन सकि्रय हुँदा हाल लुमि्वनी र गण्डकी प्र्रदेशसम्म फैलिएको छ । मनसुन भिति्रएको दुईदिनभित्रै सुदुरपशि्चम नेपालसम्म फैलिने सम्भावना रहेको जनाएको हो ।