प्रहरी बिट अगाडि बसेर नै सडक बन्द गर्दै जनमत पार्टीका कार्यकर्ता, नागरिकलाई सास्ती

बुटवल : डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले लगातार ५ दिनदेखि भैरहवा–भूमही सडकखण्ड बन्द गराउँदा नागरिकलाई सास्ती भएको छ। रुपन्देही र पश्चिम नवलपरासीको हुलाकी सडक क्षेत्र आसपासमा निरन्तर प्रदर्शन गर्दै आएका उनीहरुले परासीको कसियास्थित प्रहरी बिट अगाडि बसेर सडक बन्द गराउँदै आएका छन्। प्रहरीले बन्द स्थानदेखि आधा किलोमिटरको दुरीमा…