भदौ १६, हेटौँडा । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट बुधवार राजिनामा दिएका छन् । नेकपा (एमाले)का तर्फबाट मन्त्री बनेका उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको बताइएको छ ।
उनले राजिनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानून एवम् भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र छन् ।
प्रदेशसभाका १२ सदस्यले मंगलवार निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका थिए । रासस