काठमाण्डाै - प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति स्तरहीन भएको बताएपछि एमाले सांसदले बैठक अवरुद्ध पारेका हुन् ।
हिजोको बैठकमा ओलीले सरकारको नीति तथा कार्यक्रम गठबन्धनको अस्थिर घोषणा पत्र भएको भन्दै टिप्पणी गर्नु भएको थियो । यस्तै, उहाँले सरकार कमिसनको खेलमा लाग्दा मूल्यवृद्धि भएको पनि आरोप लगाउनु भएको थियो । उहाँको यो आरोपलाई मन्त्री बडुले स्तरहीन भनेपछि...