सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा निर्माणाधीन आधुनिक किसिमको बसपार्क निर्माणको काम अहिले धमाधम भइरहेको छ । निर्माण शुरू भएको करिब १० महिनाको अवधिमा बस पार्क निर्माणको काम हालसम्म झन्डै ४० प्रतिशत सकिएको शहरी विकास तथा भवन कार्यालय सिन्धुलीले जनाएको छ ।