खेलकुदका तीन संघको शान्तिपूर्ण प्रदर्शन

काठमाडौ (हाम्रा खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई अनिर्णयको बन्दी बनाइराख्न नहुने भन्दै खेलकुदसँग सम्बन्धित तीन संस्थाले बिहीबार शान्तिपूर्ण प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए), नेपाल ओलम्पियन संघ र राखेप कर्मचरी संघले संयुक्त रुपमा राखेप परिसरदेखि दशरथ रंगशालाको मुल ढोकासम्म र्याली समेत निकालेका थिए । जसमा तीन संघका पदाधिकारी, […]

सम्बन्धित सामग्री

‘सरकारले खेलकुदलाई उपेक्षा गर्‍यो’

मोरङ – सरकारले खेलकुदलाई प्राथमिकतामा नराख्दा समस्या भएको कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले बताएका छन्। बुधबार विराटनगरमा कोशी प्रदेश बास्केट बल संघको प्रथम साधारण सभा उद्घाटन गर्दै सदस्य सचिव वाग्लेले अन्तर्राष्ट्रिय क्षेत्रमा नाम राख्ने खेलकुदलाई सरकारले सधैँ उपेक्षा गर्ने गरेको गुनासो गरे। मुलुक संघीय व्यवस्था गए पनि खेलकुदका लागि प्रदेशलाई आवश्यक […]

एसियाडका लागि ११ तेक्वान्दो खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)– चीनको हान्जाउमा हुने १९ औं एसियाली खेलकुदका लागि ११ तेक्वान्दो खेलाडी छनोट भएका छन् । नेपाल तेक्वान्दो संघको आयोजनामा बुधबार भएको छनोटमा महिलातर्फ ५ र पुरुषतर्फ ६ खेलाडी छनोट भएका हुन् । महिलातर्फ पुम्सेमा स्वस्तिका तामाङ तथा ग्यरोगीतर्फ अन्जली तामाङ ४९ केजी मुनी, आयसा लामा ५३ केजी मुनी, संध्याकुमारी सिंह ५७ केजी […] The post एसियाडका लागि ११ तेक्वान्दो खेलाडी छानिए first appeared on Hamro Khelkud.

खेलकुदका समास्याबारे युवा तथा खेलकुदमन्त्रीलाई खेलाडी संघको ध्यानाकर्षण

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई खेलकुदमा भएको समस्या औल्याउँदै ध्यानाकर्षण गराएको छ ।

एसियाडलाई उसु छनोट सुरु

नेपाल उसु संघको आयोजनामा १९ औं एसियाली खेलकुदका लागि उसु छनोट प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राखेपको सेमिकभर्डहलमा सुरु भएको छ । प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरे ।

राखेपलाई खेलाडी संघको माग पत्र

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता खेलाडीलाई दिने भनिएको नगद पुरस्कार छिटो उपलब्ध गराउनु पर्नेसहित ३ बुँदे माग पत्र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नेतृत्वलाई बुझाएको छ । अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा रहेको खेलाडी संघको टोलीले राखेपका सदस्य सचिव टंकलाल घिसिङलाई माग पत्र हस्तान्तरण गरेका थिए […]

लोकतान्त्रिक खेलकुदद्वारा खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघले नवौं राष्ट्रिय खेलकुदमा पदक प्राप्त गर्न सफल विभिन्न खेलका खेलाडीहरुलाइ सम्मान गरेको छ । बुढानिलकण्ठ तथा टोखा नगरापलिका खेलकुद संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा विभिन्न खेलकुदका ३५ सहित पूर्व खेलाडीहरु तथा पर्वातारोही पत्रकार पूर्णिमा श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । जसमा पूर्व क्रिकेट खेलाडी पारस खड्का समेत […]

नवौं राष्ट्रिय खेलकुदका दुई स्वर्णधारीलाई एनआरएनएको सम्मान

संघको सचिवालयले आयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युवा उपाध्यक्षद्वय रोशन थापा र राज रेग्मी तथा महिला सचिव राधिका गुरुङले उनीहरूलाई सम्मान गरेका हुन् ।

स्क्वास खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका स्क्वास खेलाडीको छनौट सम्पन्न भएको छ । नेपाल स्क्वास र्याकेट्स संघको कोर्टमा मङ्गलबार भएको छनौट प्रतियोगिताबाट पुरुषतर्फ चार र महिलातर्फ तीन गरी कुल सात खेलाडी छनौट भए । राष्ट्रिय खेलकुदका लागि चयन हुने खेलाडीमा अरहन्तकेशर सिंह, अमिर ब्लोन उमित […]

एसियाड छनोटका लागि एउटै व्यहोराका छुट्टाछुट्टै सूचना

२२ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को अनुमतिविना संघको निर्वाचन गराएपछि नेपाल तेक्वान्दो संघको आधिकारिकता विवादले राष्ट्रिय टिम छनोटसम्म असर गर्न थालेको छ । आगामी भदौ अन्तिमदेखि चीनको ह्वाङझोउमा हुने १९औं एसियाली खेलकुदका लागि समावेश भएका सबै खेलको प्रारम्भिक टिम छनोट प्रक्रिया अहिले भइरहेको छ । यसपल्ट एसियाडमा नेपालले २३ खेलमा सहभागिता जनाउनेछ । […]

खेलकुदका तीन संघको शान्तिपूर्ण प्रदर्शन

खेलकुदसँग सम्बन्धित तीनवटा महत्वपूर्ण संघले बिहीबार राट्रिय खेलकुद परिषद् (राखेप)को ठप्प रहेको गतिविधि सुचारु गर्न र अनिर्णयको बन्दी बनाइराख्न नहुने जनाउँदै शान्तिपूर्ण प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी...