चैत १, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स(एनएलआईसी) ले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना मंगलवार सार्वजनिक गरेको छ ।
कम्पनीले समय सापेक्ष ग्राहकहरुको चाहना तथा अभिकर्ताहरुको सुझावलाई ध्यानमा राख्दै नयाँ - नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना सार्वजनिक गरेको हो । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजिवन जीवन बीमा भएको कम्पनीले बताएको छ ।
मानिसको जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न कम्पनीले सावधिक र आजिवनको विशेषता भएको ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना बजारमा ल्याएको हो ।
बीमा अवधि समाप्ती पश्चात पनि जोखिम वहन गर्नुको साथै कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बीमितले चाहेको समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिन सक्नु यो जीवन बीमा योजनाको अर्को विशेषता पनि भएको बताएको छ ।
१८ वर्षदेखि ६५ वर्षसम्म उमेर समूहका व्यक्तिले न्यूनतम ५ वर्षदेखि अधिकतम ५० वर्ष अवधिको यो बीमा योजना लिन सक्नेछन् ।