श्रोताको ‘मुटु जलाउँदै’ महायात्रामा भक्तराज, संगीत साधक भन्छन्- नेपाली संगीतका अमर पाठशाला

काठमाडौं– भजन शिरोमणि भक्तराज आचार्यको पशुपति आर्यघाटमा सोमबार हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । दुई छोरा सत्यराज र स्वरुपराजले दागबत्ती दिनुअघि उनको सम्मानमा आर्यघाटमै ‘जहाँ छन् बुद्धका आँखा’ बोलको गीत गुञ्जियो । यो दृश्यले धेरैका आँखा रसाए । आर्यघाट लानुअघि अन्तिम श्रद्धाञ्जलीका लागि आचार्यको पार्थिव शरीर नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । […]