नेकपा एमालेको उपाध्यक्षमा पराजित घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
मंगलवार साँझ चितवनको सौराहामा घोषणा सभामा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले भुसाल विजयी भएको घोषणा गरेका हुन् ।
भुसालले केन्द्रीय सदस्यमा १२६५ विजयी भएका हुन् । केन्द्रीय सदस्यमा टंक कार्की ९०५ मतसहित विजयी भएका छन् ।
भीम आचार्यले पनि १३९३ ल्याएर विजयी भएका छन् ।