पर्साको वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० मा महानगरपालिकाभित्रका मुख्य पेसा कृषि बनाएका किसानको सिँचाइको न्यूनतम विद्युत् महसुल महानगरपालिकाले बेहोर्ने भएको छ ।आगामी आर्थिक वर्ष २०७९÷८० को नीति कार्यक्रम तथा बजेटमा मासिक रुपमा बढीमा ३० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्ताको महसुल पनि महानगरपालिकाले नै तिर्ने वार्षिक नीति कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ । यसैगरी वीरगन्ज महानगरलाई शैक्षिक ‘हब’को रुपमा विकास गरिने पनि योजना अघि बढाइएको छ । छोरी