सीटीईभीटीमा समकक्षता लिनेको संख्या बढ्दै, ९ वर्षमा कुन देशबाट कतिले लिए ?

काठमाडौं : प्राविधिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी)को प्रि–डिप्लोमा विदेशमा पढ्ने र नेपाल आएर समकक्षता प्रमाणीकरण गर्ने नेपाली विद्यार्थीको संख्या ह्वात्तै बढेको छ। सीटीईभीटीको तथ्यांकले पछिल्लो समय विद्यार्थीहरू विदेशमै अध्ययन गर्ने  रुचि रहेको देखाएको हो।सीटीईभीटीको ९ वर्षको तथ्यांक हेर्दा १३ देश (कम्बोडिया, क्यानडा, बेलायत,अष्ट्रेलिया, बहराइन‚ चीन, साइप्रस‚ भारत, जापान, मलेसिया‚ फिलिपिन्स र सिंगापुर) मा अध्ययन गरी ४ हजार ९८४ जनाले समक

सम्बन्धित सामग्री

सप्तरीमा जेठ मसान्तसम्म ३२ हजारभन्दा बढीले लिए प्यान नम्बर

असार १५, राजविराज । पछिल्लो समयमा सप्तरीमा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ । करदाता सेवा कार्यालय राजविराजका अनुसार सप्तरीमा जेठ मसान्तसम्म ३२ हजार ८६६ जनाले प्यान नम्बर लिएका छन् । प्यान लिनेको संख्या बढ्दै जाँदा ढुक्कले कमाउने र कानूनअनुसार लाग्ने कर तिर्ने संख्यामा बढोत्तरी भएको देखिन्छ । करदाता सेवा कार्यालय राजविराज प्रमुख सरोज कुमार ढकालका अनुसार जेठ मसान्तसम्म दर्ता भएका कुल करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १८ हजार ३०४ पुगेको छ । यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता १४ हजार ५६२ जना रहेका छन् ।  कुन वर्षमा कति जनाले लिए प्यान नम्बर ? प्रमुख  ढकालका अनुसार २०७५/७६ मा २१७२, २०७६/७७ मा १८१८, २०७७/७८ को जेष्ठ मसान्तसम्म २८६२ जनाले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् । यस्तै २०७५/७६ मा १६१२, २०७६/७७ मा ७९९१, २०७७/७८ को जेष्ठ मसान्तसम्म ४६८५ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएको ढकालले बताए । ४६ करोड बढी राजस्व उठ्यो विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरसको प्रभावले मुलुकको आर्थिक गतिविधिमै अवरोध पु¥याएको अवस्थामा पनि करदाता सेवा कार्यालय राजविराजमा राजस्व संकलन उत्साहजनक देखिएको छ । आन्तरिक राजस्व कार्यालय लहानको करदाता सेवा कार्यालय राजविराजले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ४६ करोड १ लाखभन्दा बढी रुपैयाँ राजस्व संकलन गरेको छ । जुन गत आर्थिक वर्ष जेष्ठ मसान्तको तुलनामा १२ करोड बढी हो । सप्तरीमा यो आर्थिक वर्षको जेठ मसान्तसम्म ४६ करोड १ लाख ५९ हजार ९८६ रुपैयाँ राजस्व उठेको करदाता सेवा कार्यालय राजविराज प्रमुख सरोज कुमार ढकाले बताए ।  प्रमुख ढकाले दिएका तथ्यांकअनुसार कार्यालयबाट गत वर्ष जेठ मसान्तसम्म कुल ३४ करोड ३४ लाख ७४ हजार ९४६ राजस्व संकलन गरिएकोमा यसवर्ष राजस्व संकलनमा १२ करोड बढीले वृद्धि भएको हो ।

४० लाख ४३ हजारले लिए प्यान नम्बर

रासस। पछिल्लो समयमा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ। अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म कुल ४० लाख ४३ हजार ७९४ले प्यान लिएका हुन्। प्यान लिनेको संख्या बढ्दै जाँदा ढुक्कले कमाउने र कानूनअनुसार लाग्ने कर तिर्ने संख्यामा बढोत्तरी भएको देखिन्छ। जसमध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता१५ लाख ९३ हजार ७४ पुगेको छ।

हुम्लामा ४ वर्षमा ५ महिलाले लिए 'एयर लिफटिङ्ग' सेवा - Naya Patrika

हुम्लामा ‘एयर लिफटिङ्ग’ सेवा लिनेको संख्या बढ्दै गएको छ । नेपाल सरकारले कर्णालीका गर्भवती र सुत्केरी महिलाहरुलाई हेलिकप्टरबाट अस्पताल पुर्याउनका लागि दिएको सुविधा बारे जानकार भएपछि यो सेवा लिनेको संख्या...पूरा पढ्नुहोस् »