नेकपा एमालेका नेता टोपबहादुर रायमाझी माओवादीमा रहँदा संविधानसभाको दुवै निर्वाचन आफ्नै बलमा जितेका थिए । २०७४ सालको निर्वाचनमा एमालेसँगको तालमेलमा करिव १८ हजार मतान्तरमा उनी अर्घाखाँचीबाट सांसद निर्वाचित भए ।अहिले परिस्थिति बदलिएको छ । रायमाझीले माओवादी केन्द्र छाडेर एमाले रोजेका छन् भने अब उनी ‘सूर्य’ चुनाव चिह्न लिएर जनतामा जानुपर्नेछ । अर्कोतिर नेकपा एमाले पनि विभाजित भइसकेको छ ।माओवादीमा रहँदा तीन पटक चुनाव जितेका उनलाई अबको चुनाव जित्न कति सहज होला त भन्ने प्रश्न स्वाभाविक रुपमा