गोरखापत्र संस्थानका प्रकाशनहरूको डिजिटल अर्काइभ निर्माणका लागि विज्ञहरूले महत्त्वपूर्ण सुझाव दिएका छन् । धुलिखेलमा मङ्गलबार र बुधबार आयोजित गोरखापत्र डिजिटल अर्काइभ कार्यशालामा कार्यपत्र प्रस्तुत गर्दै यस क्षेत्रका विज्ञहरूले राष्ट्रकै निधिका रूपमा रहेका गोरखापत्र र दी राइजिङ नेपालसहितका प्रकाशनहरूको डिजिटल अर्काइभ बनाई सर्वसाधारणले सजिलै पढ्न र खोज्न मिल्ने बनाउन सुझाव दिएका थिए ।