दक्षिण कोरियामा ६२ हजार कोरोना भाइरस सङ्क्रमित थपिए

काठमाडौँ- दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा थप ६२ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६२ हजार ७८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । योसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको कुल सङ्ख्या दुई करोड १४ लाख १८ हजार ३६ पुगेको छ । […]