२७ पुस, काठमाडौं । बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन् । राप्रपाले बुधबार उनलाई सभामुखको उम्मेदवार बनाउने टुंगो लगाएको एक नेताले जानकारी दिए । सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो । बागमती प्रदेशसभामा सभामुखको निर्वाचन बिहीबार हुँदैछ ।