काठमाडौँ। कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन ल्याउन भन्दै सिंहदरवार प्रवेश गर्ने सबै गेटमा पर्चा बाँडिएको छ।
संयुक्त ट्रेड युनियन सञ्जालद्वारा घोषणा गरिएका आन्दोलनका कार्यक्रममध्ये आज बिहान ९ बजेदेखि १०ः३० बजेसम्म सिंहदरवार गेटमा पर्चा बाँडिएको हो।