इंग्ल्याण्डले ५५ वर्षको पर्खाइ अन्त्य गर्दै फाइनलमा पुग्यो

इंग्ल्याण्ड गएको ५५ वर्षमा पहिलो पटक कुनै प्रमुख प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गरेको छ । सन् १९६६ को विश्वकप फुटबलको फाइनलमा पश्चिमी जर्मनीलाई हराए यता इंग्ल्याण्ड कुनै पनि प्रमुख फुटबल प्रतियोगिताको फाइनलसम्मको यात्रा गर्न सकेको थिएन । गए राति अबेर सम्पन्न यूरो कप फुटबलको दोस्रो सेमीफाइनलमा डेनमार्कलाई हराएर इंग्ल्याण्ड फाइनलमा पुगेको हो । उपाधिका लागि इंग्ल्याण्डले प्रतियोगिताका दाबेदार इटालीको सामना गर्नेछ । डेनमार्क बिरुद्ध १–० ले पछाडि परेको इंग्ल्याण्डले पुनरागमन गोल गर्दै अतिरिक्त समयमा गरेको दोस्रो गोल मार्फत् जित हात पार्न सफल भयो ।