पञ्जशीर लडाकूको दाबीः तालिबानको मुख भुइँमा गाडिदिनेछौं

अफगानिस्तानमा पञ्जशीरका तालिबान विरोधी लडाकूको उद्देश्य निकै बलियो छ र उनीहरुले तालिबानसँग लड्ने कसम खाएका छन् । द टाइम्स अफ इन्डियाले अफगानिस्ताको खामा प्रेसलाई उद्धृत गर्दै यो खबर प्रकाशित गरेको छ । पत्रिकाका अनुसार पञ्जशीरका लडाकूले तालिबानको मुख भुइँमा गाडिदिने बताएका छन् । खबरका अनसार एक लडाकुले तालिबानमाथि यसअघिको जीतबारे कुरा गदै भने, ‘हामीले आफ्ना विरोधीको अनुहार भुइँमा गाड्दिँदा हाम्रा सैनिक साथीले हात उठाएर ‘अल्लाह हो अकबर’ को बलियो नारा लगाउनेछन् ।’यी