नेपालको संविधान अझै खतरामा छ : मन्त्री चौधरी

नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले नयाँ संविधान खतरामा रहेको बताएका छन् । क्षेत्र नं १(क), दाङको लालमटियामा आयोजित गठबन्धन दलको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले संकटको बेला नेपालका दलहरु एक ठाउँमा आउने गरेको इतिहास रहेका बताउँदै अहिले संविधानको रक्षार्थ दलहरुबीच गठबन्धन बनेको बताए । मन्त्री चौधरीले भने, ‘विश्वमै उत्कृष्ट संविधान हामीले मिलेरै बनाऔँ । समाजमा पिछडिएका वर्ग र तप्काका मानिसहरुलाई राज्यको मुल धारमा ल्याउने कानु